Logo

हलुवाबेदले कम्मरको दुखाई कम गर्छ, कपाललाई फाइदा



सविता सिंह ठकुरी :

हलुवाबेद हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । यो फलबाट हामीले विभिन्न प्रकारका पौष्टिक तत्व तथा खनिज पदार्थहरु प्राप्त गर्न सक्दछौं । हलुवाबेद निकै कम मात्रामा प्रयोग गर्ने पाइएको छ । कतिपय मानिसहरुलाई यो फल र यसको फाइदाको बारेमा कमै थाहा पाएको हुन्छन् । यो फलमा भिटामिन ए, बि, सी, प्रोटिन, क्याल्सियम, फस्फोरस, पोटासियम पाइन्छ । १०० ग्राम हलुवाबेदमा ८० प्रतिशत क्यालोरी पाइन्छ ।

यो फलमा पाइने गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ । जसले हाम्रो शरीरलाई स्वस्थ बनाउनुको साथै बलियो बनाउन मद्दत गर्दछ । यो फल काँचो वा हल्का पोकको खानुहुँदैन । फल काँचै खानाले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ । त्यसैले पाकेको फल प्रयोग गर्नुपर्दछ ।

हलुवाबेदका फाइदाहरु
१. कम्मरको दुखाई कम गर्न मद्दत गर्दछ ।
२.मुटुसम्बन्धी बिरामीको लागि फाइदा हुने गर्दछ ।
३. सुगरलाई नियन्त्रण गर्दछ ।
४. हलुवाबेदमा फाइबर पाइने हुनाले पाचन प्रकृयामा फाइदा गर्दछ
५. हलुवाबेदको प्रयोगले कब्जियत हुनबाट रोक्छ ।
६. यो फलमा पोटासियम पाइने भएकोले ब्लड प्रेसर कम गर्न मद्दत गर्दछ ।
७. हलुवाबेदमा भिटामिन ए, बी र सी पाइने भएकोले कपालको लागि फाइदा गर्दछ ।
८. हलुवाबेदको प्रयोगले पानीको मात्रा बढाउछ ।
९. मानिसहरुलाई सुन्दर र जवान बनाउन मद्दत गर्दछ ।

Photo Source: MunaBazar



प्रतिक्रिया दिनुहोस्

Screenshot