Logo

एमाले मुख्यालयमा नेम्वाङको अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृयदघातका कारण निधन भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । भोलि दिउँसोसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।

नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ता, नेपाल सरकारका मन्त्री, विशिष्ट पदाधिकारीले श्रद्धाञ्जली अर्पण गरिसकेका छन् । Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot