Logo

प्रधानसेनापति शर्माद्धारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ। नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिनेहरुको घुईँचो लागेको छ। प्रायः सबै शीर्ष नेताहरु च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङलाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले श्रद्धाञ्जली अर्पण गरेका छन् । एमाले मुख्यालय च्यासलमा पुगेरे उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेम्वाङको पार्थिव शरिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङको आज बिहान हृदयघातका कारण ७१ वर्षको उमेरमा आकस्मिक निधन भएको थियो ।

तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्