Logo

नयाँ संविधानले पहिचानको मुद्दा हल गर्न सक्दैनः क्रान्तिकारी कम्युनिस्ट पार्टी



काठमाडौं,२९ भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०७२ सालमा जारी नेपालको नयाँ संविधानले वर्गीय र जातिय उत्पीडनको समस्या हल हुन नसक्ने जिकिर गरेको छ ।

पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले आज एक विज्ञप्ति जारी गर्दै यस संविधानले सनातन धर्म संस्कृतिको संरक्षणको नाममा पञ्चायतकालीन हिन्दूराज्यको रक्षा गरेको भन्दै जातीय पहिचाहनसहितको जनगणतन्त्र स्थापना गर्नुपर्ने जिकिर गरेका छन् ।

उनले कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै कोशी प्रदेशको नाम सच्याउनसमेत माग गरेका छन् ।

राज्यले गरेको यसप्रकारको गलत नीति पक्रेर हिन्दु अतिवादीहरूले धार्मिक हिंसा, जातीय दङ्गा र छुवाछूतका नाममा अमानवीय कार्य गर्दै आएको उनले आरोप लगाएका छन् । बास्तोलाले जातीय हिंसा भड्किनेगरि अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे शीतललाई तत्काल कारबाही गर्नसमेत माग गरेका छ्न ।

यस्तो छ बास्तोलाले जारी गरेको विज्ञप्ति

हाम्रो पार्टीले नेपालको संविधानले देशभित्र जुन संघीय संरचना निर्माण गरेको छ, प्रदेशहरुको सीमांकन गरेको छ । र सरकारले तिनको जसरी नामांकन गरेकोछ, त्यसवाट नेपालको वर्गीय तथा उत्पीडित जातिको पहिचानको समस्या हल हुन सक्तैन भनेर त्यसको निरन्तर विरोध गर्दै आएको जगजाहेर यो समस्या हल गर्नका लागि उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वयत्तता तथा उत्पीडित जातीय पहिचान सहितको संघीय जनगणतंत्र अनिवार्य छ । व सैद्धान्तिक मान्यताको आधारमा प्रदेश नं। १ को सीमांकन र नामाकरणले त्यहांको जातीय उत्पीडन र उत्पीडित जातिको पहिचानको समस्या हल हुन नसक्ने प्रष्ट नै छ।

प्रदेश नं। १ को प्रदेशसभाले राखेको कोशीु नामाकरणको विरोधमा त्यहांका पहिचानप्रेमी जनताले लामै समयदेखि संघर्ष गर्दै आएका छन् । पहिचानको निम्ति संघर्ष गर्ने क्रममा आन्दोलनकारी जनतामाथि सरकारले गरेको प्रहरी बल प्रयोगबाट एक व्यक्तिले सहादत प्राप्त गरेको छ भने धेरैले कुटाइ खाएका छन् र घाइतेसमेत भएका छन् हाम्रो पार्टी प्रदेश नं। १ का जनताले गरेको उक्त संघर्षलाई न्यायोचित ठान्दछ र समर्थन समेत गर्दछ र प्रहरी ज्यादतीको घोर भत्र्त्सना गर्दछ। कवित लोकतान्त्रिक गणतन्त्र अन्तर्गत यो समस्याको हल नहुने कुरो व्यवहारतः पुष्टि भएको छ। तसर्थ यो समस्याको हल गर्न उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको संघीय जनगणतंत्रको पक्षमा संघर्षलाई अघि बढाउन हाम्रो पार्टी दृढ छ र न्याय तथा पहिचान पक्षधर सम्पूर्ण जनतालाई आह्वान गर्दछ ।

बहुजातीय, बहुभाषी तथा विविध धर्म(संस्कृतिका अनुयायी जनताको वसोवास हुनु नेपालको विशेषता र सुन्दरता हो। हाम्रो पार्टी यो देशका सबै जाति, भाषा, धर्म(संस्कृतिले सह(अस्तित्व, समानता र सम्मानजनक हैसियत पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । धर्मनिरपेक्ष राज्यको मूल मर्म र भावनालाई दृढतापूर्वक पालना गर्ने सरकारको नीति र कानुन हुँदामात्र दी कुरा सम्भव हुनेछ । तर नेपालको विद्यमान संविधानले ुधर्मनिरपेक्षुलाई ुप्रष्टीकरण दिएर सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणको नाममा घुमाउरो पाराले हिन्दुराज्यको रक्षा गरेको छ र त्यसका लागि नेपाल सरकारले आजसम्म पनि पञ्चावती हिन्दु अधिराज्यको ऐन कानूनलाई नै लागु गरेको स्थिति छ ।

राज्यले गरेको यस प्रकारको गलत नीति पर हिन्दु अतिवादीहरुले धार्मिक हिंसा, जातीय दंगा र छुवाछुतको नाममा अमानवीय कार्य गर्दै आएका छन् । यस्ता गतिविधिलाई विदेशी अतिबादी घुसपैठले ठूलो मद्दत पुयाएको समाचार सार्वजनिक हुँदै आएको छ । यसैको परिणाम हो हाल धरानमा गोरु काटेको बहानामा हिन्दु अतिवादीहरूले आदिवासी जनजातिका विरुद्ध हतियार प्रदर्शन गर्नु राज्यले यस प्रकारको धार्मिक साम्प्रदायिक हर्कतलाई समयमै नियन्त्रण गर्न नसके परिणाम भयावह हुने निश्चित छ हाम्रो पार्टी यस प्रकारको अतिवादी गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरोस् भन्ने माग गर्दछ ।

सरकारलाई धर्मनिरपेक्ष राज्य कायम गराउनका लागि आजसम्म लागु हुँदै आएको पन्चायती हिन्दु अधिराज्यको ऐन कानुनलाई अविलम्ब खारेज गराउन र राज्यले सबै धर्मप्रति समान र समभावको व्यवहार गरिने ऐन कानुन निर्माण गरी लागु गराउन न्यायप्रेमी नेपाली जनतासँग हाम्रो पार्टी जोडदार आह्वान गर्दछ।

केही समययता मगर, तामाङ लगायत सम्पूर्ण आदिवासी जनजातिहरु र मुस्लिम समुदाय संघर्षमा उत्रिएका छन्। त्यसको कारण के थियो भने एक जना वकिल भगवती पाण्डे शितल ने प्राइमटाइम टिभिमा अन्तर्वाता दिने क्रममा तामाङ, मगर र मुस्लिम समाजमा दाजु-बहिनी विवाह गर्दछन् र तिनबाट जन्मिने सन्तानहरु अपराधी मनस्थितिका हुन्छन् भनेकी थिइन्। ती वकिल भगवती पाण्डे शितललाई कानुनी कारवाहीको माग राखेर संघर्षमा उत्रिएका आदिवासी जनजातिहरुमाथि प्रहरीले लाठीचार्ज गरेको, धरपकाउ गरेको र प्रहरी हिरासतमा पनि आन्दोलनकारी महिलाहरुमाथि अमानवीय ढंगले कुटपिट गरेको थियो। तर पनि संघर्ष जारी नै रहेको अवस्था छ ।

नेपालमा विविध धर्म-संस्कृति र परम्पराका अनुयायी जनता रहेका छन् । सबैले सबैको धर्म-संस्कृति र परम्पराहरुको सह-अस्तित्वलाई स्वीकार्नु पर्दछ र सम्मान गर्नु पर्दछ साथै कसैमा कुनै कमिकमजोरी देखिए सकारात्मक आलोचना गर्न वा सुझाव दिन सकिन्छ । तर ती समाजमा हुँदै नभएको परम्परालाई अनावश्यक र अमर्यादित ढंगले उछालेर सामाजिक सद्‌भावलाई महकाउने अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही नगरी न्याय माग्ने आदिवासी जनजातीहरुलाई कुटपिट गर्नु, चुनछेक गर्नु सामान्य मानव अधिकारको सिद्धान्तको विरुद्ध हो। हाम्रो पार्टी प्रहरी प्रशासनबाट गरिएको त्यस प्रकारको हरकतको घोर भर्त्सना गर्दछ। साथै समाजको सह(अस्तित्व र सद्‌भावलाई खलल पार्ने गरी अभिव्यक्ति दिने भगवती पाण्डेलाई कडा कारवाही गरियोस् भन्ने माग गर्दछ । 



प्रतिक्रिया दिनुहोस्