Logo

सप्तऋषिको पूजा आराधना गरी नारीहरुले मनाए ऋषि पञ्चमी (फोटोफिचर)



काठमाडौं, २ असोज । नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् ।

हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

ऋषिपञ्चमीमा महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको छ ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रत विधि छ ।

आज काठमाडौंको टेकुसहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भीड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot