Logo

१९औँ एसियाली खेलकुदमा सहभागी हुन राखेपका सदस्य–सचिव घिसिङ चीन प्रस्थान



काठमाडौं,३ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ चीन प्रस्थान गरेका छन् ।

सदस्य–सचिव घिसिङ आज चीनको हाङझाउ प्रस्थान गरेका हुन् । उनलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

हाङझाउ एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाउ एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ । अन्य खेलहरु औपचारिक रुपमा ६ गतेबाट सुरु हुने भएपनि भलिबलको प्रतिस्पर्धा भने सुरु भइसकेको छ । जसमा नेपाल समूह चरणका दुबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा बहराइनसँग ३-१ को सेटमा र दोस्रो खेलमा इरानसँग ३-० को सेटमा पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot