Logo

झलनाथलाई माधवको जवाफ: पार्टीभित्रका अनेकौँ समस्याहरू पार्टीले नै हल गर्छ, बाहिर गीत गाएर हिँड्ने होइन



काठमाडौं,४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत हप्ता जारी गरेको अन्तर पार्टी निर्देशिकालाई लिएर नेताहरुमा आक्रोश बढ्दो छ ।

कतिपय नेताहरुले उक्त कार्य विभाजनप्रति असन्तुष्ट रहँदै पार्टी छोडेको घोषणा गरेका छन् । भने, सम्मानित नेता झलनाथ खलाल आक्रोशित बनेका छन् । नेपालद्धारा जारी अपानीप्रति टिप्पणी गर्दै खनालले कोर्तपर्वको संज्ञा दिएका थिए । उनको आफू जत्तिको नेतालाईसमते थाहा नदिई अपानी जारी हुनु आफ्नो लागि आठौं आश्चर्य भएको बताएका थिए ।

खनालको उक्त आक्रोशपूर्ण अभिव्यक्तिले चिँडिएका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय आलोकनगरमा भएको एक कार्यक्रमलाई सम्बोध गर्दै नेपालले सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’

उनले अनुशासनको ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । नेपालले पार्टीको हित नचाहनेहरू फरक किसिमले चल्ने बताए । उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot