Logo

छाडेनन् शिक्षकहरुले सडक संघर्षः विभिन्न घटकहरु आज पनि उत्रिए प्रदर्शनमा



काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् । उनीहरुले अहिले पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।

सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निश्कर्ष छ । आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान रहेको छ ।

राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् । त्यस्तै, पेन्सन बञ्चित शिक्षकहरु ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरुले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर सडक आन्दोलनमा छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । File photo/RN 



प्रतिक्रिया दिनुहोस्