Logo

गृहमन्त्रीलाई रविको प्रश्नः पार्टीभित्रको दबाब तपाईले थेग्न नसक्नु भएको हो ?



काठमाडौं,७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन बरामद प्रकरणमा सरकारले आफ्ना मान्छे जोगाएर फितदो अनुसन्धान गरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सुन प्रकरणमा सरकारले भद्दा अनुसन्धान गरेको दाबी गरेका छन् । उनले सरकाले गरेको अनुसन्धान बम होला भन्ने सोचेको तर सलाईको काँटी जस्तोपनि नपड्किएको टिप्पणी गरे ।

लामिछानेले सुन प्रकरणमा आफ्ना पार्टीका मान्छेमाथि छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ डराएको बताए । उनले गृहमन्त्री श्रेष्ठलाई पार्टीभित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो भन्दै प्रश्नसमेत गरे ।

‘प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ। त्यो कन्फिडेन्ट गृहमन्त्रीज्युले प्रहरीलाई दिन नसक्नुभएको हो कि?,’ उनले भने, ‘अथवा पार्टीभित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो? यो स्पष्ट पार्नुप¥यो। अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको छ।’

 



प्रतिक्रिया दिनुहोस्