Logo

सत्तारुढ दलले तयार पार्‍यो उच्चस्तरीय आयोगको मस्यौदा, एमालेले ओलीसँग छलफल गरेर जवाफ दिने



काठमाडौं,७ असोज । ६० किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनेबारे छलफल गर्न बसेको दलहरुको सर्वदलीय बैठक सकिएको छ ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको बैठकमा सत्तारुढ दलले आयोगको कार्यादेशबारे मस्यौदा तयार गरेर सार्वजनिक गरेका थिए ।

सत्तारुढ दलले तयार गरेको मस्यौदा अध्ययनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दिईएको एक नेताले जानकारी दिए । एमालेका नेताहरूले उक्त मस्यौदा अध्ययनपछि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर फेरि सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका छन् । छलफलमा सबै राजनीतिक दलका प्रमुख सचेतकको उपस्थिति रहेको थियो ।

गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ महिनासम्म संसद अवरोध गरेको थियो । एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि गत भदौ ७ गते सरकार र एमालेबीच असोज ५ गते उच्चस्तरीय आयोग बनाउने सहमति भएपछि सदनको अवरोध खुलेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्