Logo

झलनाथको चेतावनीपछि माधव नेपालले एकलौटी जारी गरेको अपानि फिर्ता



काठमाडौं,७ असोज । नेकपा एकीकृत समाजवादीले गत हप्ता जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानि) फिर्ता भएको छ ।

गत हप्ता नेताहरुको कायविभाजन गरेर अध्यक्ष माधवकुमार नेपालले अपानी जारी गरेका थिए । तर, अध्यक्ष नेपालको अपानीप्रति नेताहरुको तव्र असन्तुष्टि देखिएको थियो । विशेषगरि सम्मानित नेता झलनाथ खनाल र युवा नेतृ रामकुमारी झाँक्री अपानीप्रति असन्तुष्ट रहेका थिए । सम्मानित नेता खनालले त अपानीलाई कोर्तपर्वको संज्ञा दिएका थिए ।

सम्मानित नेता खनालसहितका नेताहरुले दवाव दिएपछि अपानि फिर्ता हुने भएको हो ।

नेकपा एसका एक नेताका अनुसार अपानि जारी गर्दा हतारमा जारी गरिएको कारण विवाद सिर्जना भएपछि फिर्ता गर्न लागिएको हो ।

ती नेताका अनुसार नयाँ अपानि सोमबार (भोलि) जारी गरिनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानीत नेता झलनाथ खनाललगायतका नेताहरूले विरोध जनाएका थिए ।

पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय भन्दै अपानि जारी भएको थियो । शनिबार बसेको सचिवालय बैठकले यसअघिको अपानि फिर्तता लिने निर्णय गरेकोबताईएको छ । अपानि जारी भएपछि केही नेताले जिम्मेवारी नलिने घोषणा गरे भने केहीले पार्टी नै छाडेको घोषणा गरेका थिए । नेकपा एसको ५-७ भदौमा केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यसपछि पटक-पटक सचिवालय बैठक बसेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्