Logo

शैक्षिक भ्रमणमा चितवन पुगेका दुई विद्यार्थी नारायणीमा बेपत्ता



काठमाडौं, असोज ११ । नारायणी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्। आज बिहान सात बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट स्थित नारायणी नदीमा नुहाउन गएका दुई जना किशोर डुबेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ स्थित मिलन चोकका १७ वर्षीय पंकज दाहाल रहेका छन्।

उनीहरू धनगढीमा रहेको लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका थिए। मन्दिरबाट भ्रमण आएका उनीहरु नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले गोताखोर टोलीले उनीहरूको खोजिकार्य गरिरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot