Logo

आज पनि राजधानीका यी क्षेत्रमा सवारी निषेध



काठमाडौं, असोज १२ । जारी इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आजपनि काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । स

काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने महानागरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot