Logo

भगवानले पठाएको दूतले जसरी ओलीले संसद्मा उपदेश दिनुभयोः सांसद पौडेल



काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनयुद्धकै कारण गणतन्त्र आएको र गणतन्त्र विरोधीले मात्रै जनयुद्धलाई विरोध गर्ने उनले बताए ।

ओलीले संसद्मा गरेको सम्बोधनको कुनै दृष्टिकोणसमेत नरहेको उनको टिप्पणी छ । ओलीले नेपालमा गणतन्त्र सम्भव छैन, नेपालमा गणतन्त्र आउनु र बयल गाडा चढेर अमेरिका जान्छु भन्नु उस्तै भएको टिप्पणी गर्दा माओवादी जनयुद्धकै कारण राजतन्त्रको अन्त्य सम्भव भएको सांसद पौडेलले बताए ।

ओलीले संसद्मा भगवानले पठाएको देवदूत जस्तो गरेर बेला–बेलामा अर्ती उपदेश दिने गरेको सांसद पौडेलको टिप्पणी छ । आज ओलीले संसद्मा गरेको सम्बोधनलाई पौडेलले निरन्तरताको शैली, असन्तुष्टिको पोको र आक्रोशको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot