Logo

गजेन्द्र नारायण सिंह अस्पतालको निरीक्षणमा योजना आयोगका सदस्य राउत



काठमाडौं, १८ असोज । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले सप्तरीको राजविराजस्थित् गजेन्द्र नारायण सिंह अस्पतालको सघन अनुगमन गरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूले सो अस्पतालको सुधारको लागि सडकदेखि सदनसम्म कुरा उठाएको कुरा बताएका छन् ।

पछिल्लो समय योजना आयोगका सदस्य राउतले यही असोज १६ गते अस्पतालको निरीक्षण गरेको सांसद साउदले स्पष्ट पारेका छन् । सो अवसरमा योजना आयोगका सदस्य डा. जयकान्त राउतसहित मधेश प्रदेश सप्तरी संसदीय क्षेत्र नम्बर २ (ख) का सांसद सतिशतकुमार सिंह, संघीय मामिला मन्त्रालयका सहसचिव सुमन दाहाल, सप्तरीका सिडिओ किरण थापा, स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्णबहादुर थापालगायत निरीक्षणमा सहभागी थिए ।

सांसद राउतले फेशबुकमा लेखेका छन्–

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको सुधारका कुरा सडक देखि सदनसम्म उठिरहेको बेला २०८० असोज १६ गते मंगलवार विहान १० वजे देखि १ बजे सम्म राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा जयकान्त राउतज्यूको नेतृत्वमा मधेश प्रदेश सप्तरी संसदीय क्षेत्र नं। २ ९ख०का माननीय सभासद श्री सतिश कुमार सिंह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्री सुमन दाहाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्री किरण थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव श्री कृष्ण वहादुर थापा र अधिकृत श्री बैकुण्ठ प्रसाद रेग्मी लगायतका टोलीले अस्पतालका प्रमुख सहित अस्पताल प्रशासनसँग गहन छलफल तथा अस्पतालको सघन अनुगमन गर्दै



प्रतिक्रिया दिनुहोस्

Screenshot