Logo

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीहरुसँग छलफल, जनताका समस्यामा केन्द्रित रहेर काम गर्न निर्देशन



काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा उपलब्ध सबै मन्त्रीहरुलाई आज विहान बालुवाटरमा बोलाएर सरकारको काम कारबाहीबारे समीक्षा र नजिकिदो चाँडपर्वमा जनतालाई राहत दिनेगरी काम गर्नेबारे मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

उक्त अवसरमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिदै जनताको दैनिक जिवनलाई सहज बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्