Logo

कैलाश गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा



मनहरी (मकवानपुर), २५ असोज । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलो दिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गराएका थिए ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए ।

सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गर्ने जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot