Logo

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने



काठमाडौं,२९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् ।

शनिबार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे बस्नेगरी प्रदेश सभाको बैठकसमेत आव्हान भईसकेको छ ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको तत लिने सूचना प्रदेश सभामा जानकारी गराउने बताईएको छ । उनले विश्वासको मत लिएसँगै सरकार विस्तार हुने निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले बताए । उनले सकेसम्म दशैं अघिनै सरकराले पूर्णता पाउने बताए ।

विश्वासको मत लिने तयारी गरेसँगै कार्कीले आज सबै दलसँग छलफल गर्ने भएकमा छन् । उनले सत्ता सहयात्री दल नेकपा एमालेसँ आफै र अन्य दलसँग छलफल गर्न पूर्व संसदीय दलका उपनेता हिमाल कार्कीलाई खटाएका छन् ।

शनिबार आफ्नो पार्टीका ८ सांसद र एमालेका ३९ सांसद्को समर्थनमा उनी कोशीको मुख्यमन्त्रीमा निुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पदभार ग्रहण गरेका थिए । भने आइतबार कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot