Logo

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति



काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित भएर देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

आज (मंगलबार) राष्ट्र बैंकले मुलुकको वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गरेको हो । सार्वजनिक भएको रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ भने आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ ।

साथै, सरकारसँग कुल विदेशी विनिमय सञ्चिति १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ । नेपाल सरकारको खर्च १३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot