Logo

प्रचण्ड–ओलीबीच भेटवार्ताः तीन विषयमा गहन छलफल



काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot