Logo

युएनका महासचिवको नेपाल भ्रमणमा शान्ति प्रक्रिया छिटो टुँग्याउन सदुभाव हुनसके सुनमा सुगन्ध हुनेछ : भट्टराई



काठमाडौं, १२ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत गरेका छन् । आजबाट चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसको नेपाल भ्रमणको क्रममा शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा अन्तर्राष्ट्रिय समूदायको सद्भाव होस भन्ने बाबुरामको चाहना छ ।

उनले फेशबुकमा लेखेका छन्-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपालमा हार्दिक स्वागत छ। वहाॅ पोर्चुगलको समाजवादी पार्टीको नेता, त्यहाॅका पूर्व प्रधानमन्त्री र पेशागत शिक्षाले इन्जिनीयर पनि भएकाले नेपाल समाजवादी पार्टी र व्यक्तिगत रूपमा हाम्रो तर्फबाट विशेष स्वागत छ।

वहाॅको भ्रमणबाट लामो समयसम्म अल्झिरहेको नेपालको शान्तिप्रकृया छिटो टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको सद्भाव, हिमाली क्षेत्रको बिग्रदो वातावरणीय समस्यप्रति चासो र नेपालको दिगो विकासनिम्ति अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि हुन सके सुनमा सुगन्ध हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot