Logo

संयुक्त राष्ट्रसंघकाे सहजीकरण आवश्यक छैन : एमाले नेता



काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन संयुक्त राष्ट्रसंघकाे सहजीकरण आवश्यक नभएकाे टिप्पणी गरेका छन् ।

निश्चय पनि हामीलाई संयुक्त राष्ट्रसंघकाे सहयाेग, सद्भाव र समर्थन चाहिन्छ । तर नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन उसकाे सहजीकरण आवश्यक छैन । उसलाई जबर्जस्ती सहभागी गराउनुभन्दा यहाँका राजनीतिक दलहरू मिलेर छिटाेभन्दा छिटाे टुंग्याउनु उचित हुन्छ','रेडियाे नेपाली नेटवर्ककाेनेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

शान्तिप्रक्रियालाई टुंगाेमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमानदार नभएकाे आराेप उनले लगाए । ‘हिजाे पनि हिंसाकाे कारक माओवादी नै थियाे । आज पनि सत्तामै छ । शान्तिप्रक्रियालाई मानेर सरकारमा बस्ने अनि हिंसा भड्किएकाे दिनलाई महान् उत्सवकाे रूपमा मनाउने ? जनयुद्ध दिवस मनाउने हाे भने कसरी शान्तिकाे पक्षमा उभिएकाे ठहरिन्छ ?´ डा. भट्टराईले भने ।

नेपालकाे शान्तिप्रक्रिया सर्वाेच्च अदालतकाे फैसला, अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र मानवीय कानुनका आधारमा टुंगाे लगाउनु पर्ने उनकाे जिकिर छ । अर्काे प्रसंगमा डा. भट्टराईले बीआरआई कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डले दाेहाेराे भूमिका खेलेकाे आराेप पनि लगाए । उनले थपे, 'प्रचण्ड भित्र एकथाेक भन्नुहुन्छ, बाहिर अर्कै गर्नुहुन्छ । चीनसँग बीआरआई कार्यान्वयन गर्छु भन्नुभाे, क्याबिनेटबाट निर्णय गराउन सक्नुभएन ।´ साथै उनले बीआरआईकाे ऋण लिन हिचकिचाउनु पर्ने कारण नभएकाे पनि बताए ।

डा. भट्टराईले थपे,बढीभन्दा बढी अनुदान लिने भन्नु ठीकै हाे । तर छिटाे प्रतिफल दिने आयाेजना छनाेट गरेर ऋण लिँदा केही फरक पर्दैन । बीआरआईकाे ऋण लिँदै नलिने, अनुदान मात्र लिने भन्ने हुँदैन ।´



प्रतिक्रिया दिनुहोस्

Screenshot