Logo

भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ५० जना घाइते



काठमाडौं, कार्तिक १३ । भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्