Logo

विमानस्थलमै झगडा गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स निलम्बित



काठमाडौं १७ कात्तिक, । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

आज बिहान ८ बजे वरिष्ठ क्याप्टेन सन्तोष साह र सोही कम्पनीका अर्का क्याप्टेन सञ्जिब श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच झगडा भएको कारण भने खुल्न सकेको छैन् । घटनापछि सन्तोष साहको हातमा चोट लागेको छ । सन्जिव श्रेष्ठ भने सोही विमान लिएर लुक्ला उडेका छन् ।

विमान र सन्जिवलाई लुक्ला विमानस्थलै ग्राउण्डेड गरिएको छ । साहलाई रामेछापमै ग्राउण्डेड गरिएको र क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot