Logo

ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरालाई मौका



काठमाडौं,१९ कात्तिक, । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् । दीपेन्द्र सिंगापुरविरुद्धको खेलमा घाइते भएका थिए । उनले सेमिफाइनलमा यूएईविरुद्ध भने खेलेका थिए । यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनाटे भईसकेको कारण उनले जोखिम मोलेर आज खेल्न नचाहेका हुन् ।

नेपालको टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।



प्रतिक्रिया दिनुहोस्

Screenshot