Logo

बागमती सरकार र भरतपुर महानगरको संयुक्त लगानीमा निर्माण हुने भयो गौतम बुद्ध क्रिकेट रंगशाला



काठमाडौं, २१ कात्तिक । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढ्ने भएको छ ।

आज (मंगलबार) बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौंडामा बसेको बागमती सरकार र महानगरबीचको बैठकले संयुक्त लगानीमा उक्त रंगशालाको काम अगाडि बढाउने निर्णय गरेको हो ।

निर्माणधीन उक्त रंगशालाको बाँकी काम सक्न प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरले ३० प्रतिशत लगानी गर्ने सहमति बनेको छ । साथै, तत्काल ठेक्का आह्वान गरी रंगशालाको काम अगाडि बढाइने भएको छ ।



प्रतिक्रिया दिनुहोस्