Logo

व्यवस्थाप्रति जनतामा देखिएको असन्तुष्टिको जिम्मा दलहरुले लिनुपर्ने बाबुरामको स्पष्टोक्ति



काठमाडौं, २१ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्थाप्रति जनतामा देखिएको वितृष्णाको जिम्मा १७ वर्ष यता नेतृत्व गरिरहेका दलहरुले लिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आह्वान भएको १२ बुँदे सम्झौताका पक्षधर दलहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो भागमा पर्ने जिम्मा लिन आफू तयार रहेको पनि बताए । क्रान्तिबाट प्राप्त उपलब्धी रक्षा त्यसको कार्यान्वयन र समयानुकूल विकास गरेर मात्र सम्भव रहेको उनले बताए ।

क्रान्तिका मुख्य उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितामध्ये कुनै एकलाई ढालियो भने सबै ढल्ने खतरा हुने उनको भनाई छ । क्रान्तिबाट प्राप्त उपलब्धी रक्षा गर्न सबै दल प्रतिबद्ध हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot