Logo

पूर्वराजा ज्ञानेन्द्रले पत्याएनन् दुर्गा प्रसाईँ र राप्रपालाई, कार्यक्रममा सहभागी नहुने



काठमाडौं, ३० कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा आयोजना गरेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजा र राजसंस्था पुनर्स्थापनाका लागि निर्णाय आन्दोलनको गर्ने तयारी थाले पनि ज्ञानेन्द्र भने राप्रपाले झापामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बुझिएको थियो । तर, अन्तिम समयमा ज्ञानेन्द्रले दुवै कार्यक्रममा सहभागी नहुने निर्णय लिएको स्रोतले बताएको छ ।

दुर्गा प्रसाईँले आगामी मंसिर ७ गते काठमाडौंमा र राप्रपाले झापामा मंसिर ९ गतेका लागि कार्यक्रम तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot