Logo

जनताको मुख थुन्न खोजे सरकार नटिक्ने विप्लवको चेतावनी



काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको मुख थुन्न खोजेको टिप्पणी गरेका छन् ।

शासकले जनताको मुख थुन्दैमा सत्ता नटिक्ने उनले बताए । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको शैली निरंकुतातर्फ जान खोजेको बताए । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउँदैमा सत्तामा टिकिन्छ भन्ने नठान्न पनि उनको चेतावनी रहेको छ ।

मान्छेको मुख बन्द गरेर भन्दा धेरै मन जितेर सत्ता टिकाउन सकिने उनको भनाई छ । सरकारको काम कारबाहीले अहिले धेरै मान्छेहरुको मनमा त्रास छाएको उनको भनाई छ । जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउन नसकिने उनले बताए । ‘जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर टिक्छ ?’ उनले भने ।

नेपालमा राजतन्त्र र समामन्तहरु फर्किने सम्भावना नरहेको उनको भनाई छ । यदि कसैलाई राजतन्त्र फर्किन्छ भन्ने लागेको भए उक्त सपना नदेख्न समेत उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot