Logo

मंसिर ७ को प्रदर्शनमा सरकारले दमन गर्न सक्ने दुर्गा प्रसाईंको आशंका,नागरिकसँग गरे यस्तो आग्रह



काठमाडौं,३ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले मंसिर ७ गते गर्न लागेको वृहत्त आन्दोलनमा सहभागी हुन सबै नेपालीहरुलाई आह्वान गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै महाअभियानले उक्त प्रदर्शन कार्यक्रममा सहभागीता जनाउन आह्वान गरेको हो ।

अभियानले उक्त प्रदर्शनमा सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रहसमेत गरेको छ ।

“व्यवस्था नबदले सम्म अवस्था बदलीदै’’ भन्ने निश्कर्ष सहित हामीले प्रमुख २० बुँदे राजनैतिक तथा सामाजीक मुद्धाहरु लाई लीएर यहि मंसिर ७ देखी गर्न लागिएको ‘‘शान्तिपुर्ण बृहत नागरिक मुक्ति आन्दोलनमा” सहभागीता जनाउनका लागी व्यापारी, उद्योगपति, मजदुर, यातायात व्यवसायी, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी, सेना, प्रहरी, विद्यार्थी, शिक्षक, विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु, संगितकर्मी, कलाकार, पत्रकार, विभिन्न पेशागत संघ संगठन हरु, बिभिन्न राष्ट्रवादी संघ संगठनहरु, स्वतन्त्र राष्ट्रवादी अभियन्ताहरु, विदेशमा रहेका नेपाली दाजुभाइ दीदी बहीनी हरु लगायत आम सर्वसाधारण नेपाली नागरीक दाजुभाई दीदीबहीनी हरुमा हार्दीक आह्वान गर्दछौं ’। विज्ञप्तिमा भनिएको छ ।

प्रसाईं नेतृत्वको अभियानले आन्दोलन गर्ने घोषणा गरेकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले पनि आन्दोलन गर्ने घोषणा गरिसकेको छ । एकैदिन एकै समय र एकै स्थानमा कार्यक्रम आयोजना हुँदा झडप हुन सक्ने सम्भावना औंल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot