Logo

आज दिनभर काठमाडौंका यी रुटमा सवारी अस्तव्यस्त हुने



काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।

त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ । विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ ।

आजै नेकपा (एमाले) नेतृत्वको युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दैछ । जसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।

ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ । रिङरोडको दुई मुख्य नाका केन्द्रित प्रदर्शनका कारण दिनभर यातायात प्रभावित हुने देखिएको छ । प्रसाईं नेतृत्वको अभियानले तोकेको मुख्य ७ स्थान र रुटहरुका कारण यी क्षेत्रको यातायाता प्रभावित हुने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot