Logo

कार्यकर्तालाई बिचल्ली पारेर बल्खुबाट बाहिरिए दुर्गा प्रसाईं



काठमाडौं,७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर काठमाडौंमा आन्दोलन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू भने कार्यकर्तालाई अलपत्र पारेर बल्खुबाट हिँडेका छन् ।

बिहीबार काठमाडौंको बल्खुमा राजसंस्था पुनःवाहली गर्न, नेपाललाई हिन्दू अधिराज्य कायम गर्न र २० लाखभन्दा तलको सबै ऋण मिनाहका लागि सरकारलाई दवाव दिन प्रसाईले आन्दोलन गरेका थिए । उनको यो आन्दोलन भोलिपनि जारी रहने बताईएको छ ।

आफैले नेतृत्व गरेको आन्दोलनलाई प्रसाईंले नै छाडेर हिँडेपछि कार्यकर्तामा अन्यौलता छाएको छ । उनी प्रदर्शनस्थलबाट बाहिरिएपछिमात्रै प्रहरी र आन्दोलनकारीबीच तीनपटकसम्म झडप भएको थियो । प्रहरीसँगको झडपमा परेर केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन् ।

कुनै समय आफूलाई गणतन्त्रको हिमायती भएको दाबी गर्ने प्रसाई पछिल्लो समय यो व्यवस्थानै उल्ट्याउने संकल्पका साथ मैदान उत्रिएका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः शक्तिमा फर्काउने अठोट गरेर आन्दोलन थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot