Logo

उच्च अदालतमा नियुक्त ६ मुख्य न्यायाधीशले लिए शपथ



काठमाडौं,७ मंसिर । उच्च अदालतका नवनियुक्त ६ जना मुख्य न्यायाधीशहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

न्याय परिषद्द्धारा उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग शपथ लिएका हुन् ।

मुख्य न्यायाधीशको सपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ ।

शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलालाई तुल्सीपुर र थापालाई दीपायल पदस्थापनका लागि सिफारिस गरिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot