Logo

टीकापुर नरसंहारका दोषीको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश जारी



काठमाडौं,७ मंसिर । सर्वोच्च अदालतले टीकापुर नरसंहारमा संलग्न तीन जनालाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

टीकापुर नरसंहारमा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव बोहराकी श्रीमती शारदा कडायत लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए ।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए ।

रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot