Logo

दुर्गा प्रसाईं घरमै नजरबन्दमा, सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति



काठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । 

प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन्  । तीनकुने क्षेत्रमा पनि ठूलाे संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंकाे सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन । उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । 

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए। 

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’, उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’



प्रतिक्रिया दिनुहोस्

Screenshot