Logo

‘दक्षिणकालीमा लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन’



काठमाडौं,८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सरकारले दमन गर्न खोजको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं नेतृत्वको समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, काठमाडौं जिल्ला प्रशासनले प्रसाई समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको बताएको छ । उता ठिमीस्थित निवासमा रहेका प्रसाईंलाई घरमै नजरबन्द गरिएको उनको दाबी छ ।

आफूलाई घरमै नजरबन्दमा राखिएपछि आकस्मिकरुमपा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले यो व्यवस्था परिवर्तनका लागि आफू ज्यान दिनपनि तयार रहेको उद्घोष गरेका छन् ।

‘म हाउस एरेस्टमा छु । मलाई एरेस्ट गरेर केही हुँदैन, सक्नुहुन्छ भने मलाई तपाईंहरूको हिरासतमा लैजानुस्, हाउस एरेस्ट गरेर केही फरक पर्दैन,’ प्रसाईंले भने ।

आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot