Logo

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान



काठमाडौं,८ मंसिर । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन सिफारिसमा परेका ६ जनाविरुद्ध उजुरी आह्वान भएको छ ।

शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले १० दिनको समय दिएर उनीहरुविरुद कुनै उजूरी भए दिन आह्वान गर्ने निर्णय गरेको हो । गत मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानूनविद् गरेर कूल ६ जना न्यायाधीशमा सिफारिस भएका थिए ।

सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot