Logo

केपी ओली कप- मधेश प्रदेशविरुद्ध कुशल भूर्तेलले बनाए शतक



काठमाडौं,१० मंसिर । पोखरामा जारी मदन भण्डारी स्पोर्टस् एकडेमीको आयोजनामा भईरहेको प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरसमेत रहेका नेपाल प्रहरीका खेलाडी कुशल भूर्तेलले शतक प्रहार गरेका छन् ।

पोखरा रंगशालामा भएको खेला मधेशविरुद्ध भुर्तेलले शतक बनाएका हुन् । उनले ५७ बलको सामना गर्दै ७ छक्का र ८ चौका हिर्काउँदै १०२ रन बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको पुलिसले ताजा अवस्थामा १७ ओभरमा १ विकेट गुमाएर १४१ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot