Logo

इकम कलेज प्राङ्गणबाट ‘श्री ५’ शिलालेख हटाइयो



काठमाडौं, ११ मंसिर । बिर्तामोड–१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनवरण गरेको पृथ्वीनारायण शाहको सालिकमा ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको छ ।

संविधान र व्यवस्थालाई नै ठाडो चुनौति दिने क्रियाकलाप गरेको भन्दै उक्त कलेजको दार्ता खारेजीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको अवस्थामा उक्त शिलालेख हटाइएको हो ।

गत मंसिर ९ गते पूर्वराजा ज्ञानेन्द्रले उक्त कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए ।

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले बताए । इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot