Logo

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट, प्रचण्डले गरे उद्घाटन



काठमाडौं,११ मंसिर । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रको प्रचार विभागले सोमबार वेबसाइट सार्वजनिक गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरूले बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ ।

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।

यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।



प्रतिक्रिया दिनुहोस्