Logo

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते



बर्दिया, ११ मङ्सिर : बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot