Logo

नेपाल सुपर लिग- काठमाडौं रेजर्स र एफसी चितवन १-१ को बराबरीमा



काठमाडौं,१२ मंसिर । काठमाडौंमा जारी नेपाल सुपर लिग अन्तर्गत काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल १ १ गोलको बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा खेलको ८६ औं मिनेटमा चितवनका विमल घर्तीमगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठ मैदान प्रवेश गर्ने बित्तिकै विमलले गोल गरेका थिए ।

नवयुगले दायाँ भागबाट दिएको क्रसलाई पेनाल्टी बक्समा रहेका विमलले प्रहार गरेका थिए । उनको प्रहार काठमाडौंका कोमिलोभलाई लाग्दै गोल भएको थियो । तर, खेलको ९२ औं मिनेटमा काठमाडौंका जुनियर एनकेनगुएले बक्सको थोरै भित्रबाट गोल गरेर टिमलाई बराबरीको अवस्थामा ल्याए ।

१-० ले अगाडि रहेको चितवन एफसी अन्तिम ३ मिनेट सम्हालिन नसक्दा अंक बाढ्न बाध्य भएको छ । । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट 3 अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot