Logo

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन



काठमाडौं,१५ मंसिर । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडी भीम थापाको निधन भएको छ ।

हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए ।

एन्फाको पूर्व टेक्निकल इाइरेक्टर समेत रहेका थापाले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

खेल जीवन पनि उनी एन्फाको सहायक महासचिव बनेका थिए । एन्फा एकेडेमीको मुख्य योजनाकारमध्ये थापा थिए । उनले पटक पटक राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए ।

श्रदान्जलीका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने एन्फाले जनाएको छ । उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot