Logo

अष्ट्रेलियाद्वारा अमेरिकी सङ्गहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत



क्यानबेरा, १५ मङ्सिर । अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ । वासिङ्टन डिसीस्थित सङ्ग्रहालयबाट १४ स्वदेशी पुर्खाहरूको अवशेष अस्ट्रेलिया फर्काइएको अस्ट्रेलियाली आदिवासीमन्त्री लिन्डा बर्नी र कलामन्त्री टोनी बर्कले संयुक्त विज्ञप्तिमा बताउका छन् ।

पुर्खामा सात भिक्टोरिया, पश्चिमी अस्ट्रेलिया र दक्षिण अस्ट्रेलिया राज्यमा उनीहरूको सम्बन्धित परम्परागत संरक्षकहरूलाई फिर्ता गरिने छ र पाँचलाई सरकारको नेतृत्वमा उनीहरूको गृहराज्यमा फिर्ता गरिने छ । अन्य दुई भिक्टोरियाको एक समुदायलाई दिइने छ ।

अस्ट्रेलियाली सरकारका अनुसार सन् १९९० पछि एक हजार सात सय स्वदेशी अस्ट्रेलियाली मानिसहरूको अवशेष विश्वभरका संस्थान र सङ्कलनहरूबाट फिर्ता ल्याइएको छ । शुक्रबारको स्वदेश फिर्ता सन् २००८ पछि स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट अस्ट्रेलियामा स्वदेशी अवशेषको चौथो फिर्ती हो ।

अस्ट्रेलिया सरकारले विश्वभरबाट पैतृक अवशेष र सांस्कृतिक विरासत सामग्री फिर्ताको निगरानी गर्न सन् २०१२ मा आदिवासी प्रत्यर्पणका लागि सल्लाहकार समिति गठन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्