Logo

सैन्य तोडफोडको आरोपमा मस्कोद्वारा एक इटालेली पक्राउ



मस्को, १५ मङ्सिर । युक्रेनी सैन्य गुप्तरको आदेशमा सैन्य प्रतिष्ठान र एउटा रेलमार्गमा तोडफोड र हमला गरेको आरोमा एक रुसी–इटालेली नागरिकलाई पक्राउ गरिएको मस्कोले शुक्रबार बताएको छ । युक्रेनमा सैन्य हस्तक्षेप सुरु भएदेखि मस्कोले प्रमुख पूर्वाधार र उत्पादन स्थलहरूमा कथित तोडफोडका साथै सैन्य भर्ती केन्द्रहरूमा थुप्रै आक्रमण गरेको छ ।

एफएसबी सुरक्षा सेवाले एक विज्ञप्तिमा भनेको छ, “संदिग्ध राजधानीको दक्षिणमा रियाजान क्षेत्रका मूल निवासी हुन् र उनले गत महिना एउटा विस्फोटक उपकरण प्रयोग गरेर मालवाहक रेललाई रेलमार्गबाट झारेका थिए ।” एसएफबीले नोभेम्बरको प्रारम्भमा रियाजान क्षेत्रमा उनले रेलका १९ वटा डिब्बालाई रेलमार्गबाट खसाएको बताएको छ ।

विज्ञप्तिमा सन् १९८८ मा जन्मिएका ती व्यक्तिले रेलमार्गमा घरेलु विस्फोटक उपकरण राखेका थिए । साथै सोही क्षेत्रमा एउटा हवाई क्षेत्रमा पहिला भएको हमलाका लागि पनि उनी जिम्मेबार रहेको बताइएको छ । उक्त व्यक्तिले फेब्रुअरीमा युक्रेनी सैन्य गुप्तचर सेवामा भर्ती भएको कुरा पनि स्वीकार गरेको विज्ञप्तिमा दाबी गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्