Logo

सुदूरपश्चिमको ३०५ किलोमिटर यात्रा पूरा गरेर कर्णाली पस्यो एमालेको टोली



काठमाडौं,१७ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा को चौथो दिन आजबाट नेकपा एमाले कर्णाली प्रदेश प्रवेश गर्ने भएको छ ।

यात्राका क्रममा आज एमालेले कर्णाली प्रदेशको दैलेखको राकममा आमसभा गर्ने भएको छ ।

यसअघि एमालेको जम्बो टोलीले तीन दिनसम्म सुदूरपश्चिम प्रदेशको ३०५ किलोमीटर यात्रा पूरा गरेको थियो ।

राकममा हुने सभालाई एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । कार्यक्रममा सहभागि हुन कर्णालीको कालिकोट, दैलेख जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराबाट नेता कार्यकर्ताहरु त्यहाँ पुगेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot