Logo

कांग्रेस धनुषा क्षेत्र नं-२ को सभापतिमा नविन गोहिवार निर्वाचित



काठमाडौं,१७ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर-२ को क्षेत्रिय सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मत गणनामा गोहिवारले अर्का उम्मेदवार भूपनारायण यादव र साधु गोइतलाई पराजित गरेका हुन् । निर्वाचिन गोहिवारले ३५१ मत पाउँदा पराजित यादवले ३१२ र गोइतले १०० मत पाएको निर्वाचन समितिले जनाएको छ ।

गोहिवार कांग्रेस नेता शेखर कोइराला समूहका नेता हुन् भने अन्य उम्मेदवार संस्थापन पक्षका मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot