Logo

राष्ट्रिय सभा निर्वाचन- पुस २३ मा मनोनयन दर्ता २८ गते चुनाव चिन्ह प्रदान



काठमाडौं,१७ मंसिर । राष्ट्रिय सभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले आज एक सूचना जारी थर्दै माघ ११ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ।

मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ।

मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ।

पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । कानूनत: पदावधि सकिन ३५ दिनअघिनै निर्वाचन गर्नुपर्ने प्रावधान रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्