Logo

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४९ प्रतिशत फेल, ६ जनाको नतिजा रोक्का



काठमाडौं, मंसिर १८ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएका छन् ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागी रहेका थिए ।

उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।

यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot