Logo

ओलीको आरोप: प्रचण्ड नेतृत्वको सरकार चीनको सहयोग लिन डराउँछ



काठमाडौं,१८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले वर्तमान सरकारले छिमिकीसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको दाबी गरेका छन् ।

एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पाँचौ दिन दैलेखमा ८ राजनीतिक दलहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चीनसँगको सहयोगसेत लिन डराएको आरोप लगाएका छन् ।

उनले भने,‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसर विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने कुनैपनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो । आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन । हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’

चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot